७ जेष्ठ २०८३, बिहिबार

विपक्षीको विरोधका बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित


विपक्षीको विरोधका बीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको हो ।

बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । प्रतिपक्ष दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

उक्त विधेयकमाथि ६ वटा संशोधन परेको थियो । सांसदहरु लीमा अधिकारी आचार्य र सांसद गणेश कार्कीले संशोधन फिर्ता लिएका थिए । अर्थमन्त्री डा वाग्लेले सांसदहरुले राखेको संशोधन सरकारले स्वीकार गर्ने बताए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १२ गते मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु