काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले प्रधानमन्त्रीको खोजीपछि संसद् बैठक स्थगित गरी सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न पुगेका हुन् ।
प्रतिपक्षीले प्रधानमन्त्रीको उपस्थितिलाई प्रश्न बनाएर संसद् अवरोध गरेपछि १५ मिनेटका लागि सभामुखले बैठक रोकेर सभामुख अर्याल प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी गराएको छ । संसद्मा प्रधामन्त्री आउने विषयमा भने ठोस समझदारी भएको विषय जानकारीमा नआएको उनको सचिवालयले जनाएको छ ।













