काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले सपथ लिएका छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदित प्रधानन्यायाधीश डा. शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकावीच शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।













