१ जेष्ठ २०८३, शुक्रबार

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन


उमेश श्रेष्ठ

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले आज पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सभापति थापाले मनोनयन गरेका श्रेष्ठ यसअघि पनि पार्टीको कोषाध्यक्ष थिए । श्रेष्ठको नेतृत्वमा जेनजी आन्दोलनमा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयसमेत पुनर्निर्माण भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !