३१ बैशाख २०८३, बिहिबार

राष्ट्रियसभाको आजको बैठक जारी


राष्ट्रियसभा बैठक

काठमाडौँ । राष्ट्रियसभाको बैठक जारी रहेको छ । बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलकामा उठेका प्रश्नहरूका प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची रहेको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि उहाँले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !