काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।
सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।
आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए । योसँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।













