काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राईलाई पदमुक्त गरेका हुन् ।
पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
पदबाट हटाउनुअघि राईलाई सभामुखले स्पष्टीकरण सोधेका थिए । राईलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गरेका थिए ।













