२९ बैशाख २०८३, मंगलबार

प्रतिनिधिसभा बैठक आज दिउँसो बस्दै


संसद बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्ने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/२०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !