२७ बैशाख २०८३, आइतबार

रविको निर्देशन : पार्टीभित्र रवि कि बालेनको भनेर नहिँड्नू


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन निर्देशन दिएका छन् । आइतबार प्रशिक्षण कार्यक्रममा उनले अन्तर्वार्ता, सामाजिक सञ्जालमा लेख्दा विवाद आउने कुरामा ध्यान दिन आग्रह गरे ।

उनले बालेन कि रवि भनेर हिँड्दा केही सांसदको मन्त्री बन्ने सम्भावना गुमेको खुलासा गरे । कहिलेकाहीँ बालेन–रवि, रवि–बालेन म यताको र उताको भन्ने कुरा गर्छन् । उनले दुईजना फुट्छन् कि भन्नेमा गुञ्जायस नै नभएको बताए । उनले यताको र उताको भन्दै झुक्किए अर्को पटक टिकट पनि नपाइने चेतावनी दिए ।

लामिछानेले आफ्ना सांसदहरूलाई भाइरल बन्ने दौडमा नलाग्न सुझाव दिएका छन् । उनले अरू सबै छोडेर विधेयकहरूमा केन्द्रित हुन सुझाव दिए । आफ्नो बारेमा चर्चा भएको सबैलाई मन पर्ने र आफूमा पनि त्यो लोभ अलिकति रहेको उनको स्वीकारोक्ति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !