काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसका दिन दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
पार्टीका सांसदहरूको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिसमा भएको टीकाटिप्पणीबारे मल्ले दिएको अभिव्यक्तिमा लामिछानेले आपत्ति जनाएका हुन् ।
उनले प्रधानन्यायाधीश सिफारिसमा परम्परा भत्काएको भन्दै परम्परा नभत्काएको भए आज पनि भागबन्डाको छलफल चलिरहेको हुन सक्ने बताए । लामिछानेले न्यायालयका विषयमा अनेक टिप्पणी गरेर जगहसाई नगर्न पनि आग्रह गरे।
उनले यसमा आफूमाथि रिस पोख्नेहरूलाई चुनौति पनि दिए । उनले सुकुमबासीका सवालमा पनि आफूले अहिले पनि छाती थापिरहेको भन्दै भूमिहीनले अधिकार नपाउँदासम्म छाती नहटाउने बताए।













