काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू इतिहास लेख्ने यात्रामा हिँडेको बताएका छन् । आज आइतबार सांसदहरूलाई गरिरहेको प्रशिक्षण कार्यक्रममा उनले पार्टीको पदमा वा सरकारमा मन्त्री र प्रधानमन्त्री बन्ने मात्रै ठूलो कुरा नभएको बताए ।
उनले आफूहरू इतिहास लेख्ने ठाउँमा नै भएको बताए । चुनावमा जाँदा नै बहुमत ल्याइन्छ भन्ने आफूहरूलाई थाहा भएको बताए । सजिलो संघर्षबाटै आफूहरू यहाँ आइपुगेको बताए ।
पार्टीको सभापति, सरकारको प्रधानमन्त्री वा मन्त्री बन्न हिंडेको भन्ने कसैलाई लागेको भए त्यो भ्रम मात्रै भएको उनको भनाइ छ । रास्वपाका सांसदहरू नयाँ भएको कारणले मात्रै नभइ सधैं सिक्ने र सिकाउने प्रक्रिया जीवनको एक अभिन्न अंग भएको सभापति लामिछानेको भनाइ थियो ।
पछिल्लो समय विश्व राजनीतिले नयाँ मोड लिंदै गरेको अवस्थामा आफ्नो पार्टीको उदय भएको सभापति लामिछानेको भनाइ छ ।













