काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेको ८ वटै अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेका हुन् ।
राष्ट्रपति पौडेलले आज मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समेत जारी गरेका हुन् । यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही अध्यादेशलाई हुबहु पठाएपछि अन्ततः राष्ट्रपतिले मंगलबार भने जारी गरेका हुन् । बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले ८ वटा अध्यादेश ल्याएको थियो ।
संवैधानिक परिषद अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश जारी भएको हो ।












