काठमाडौं । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको लु१ज ४१६७ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो दुर्घटना भएको थियो । प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ ।











