काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन् । रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका हुन् ।
जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ । दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा कठिनाइ भएको बताइएको छ ।












