७ बैशाख २०८३, सोमबार

मैले शेयर किन्न लगानी गरेको रकम २०८० भदौमा ऋणबाट जुटाइएको हो : गृहमन्त्री गुरुङ


सुधन गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सेयर किन्नको लागि ऋण लिएको बताएका छन् । आज सोमबार सामाजिक संजालमा आफ्ना बारेमा प्रश्न उठेपछि फेसबुकमा स्पष्टीकरण दिँदै गृहमन्त्री गुरुङले २०८० भदौ २९ गते ऋण लिएको उल्लेख गरेका हुन् ।

गृहमन्त्री गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताएका छन् ।

साथै, लगानीको स्रोतमाथि उठेका प्रश्नबारे स्पष्टीकरण दिँदै उनले विसं २०८० भदौ २९ गतेको लिखित तमसुक रेकर्डमा रहेको उल्लेख गरेका छन् । आफ्नो रकमको विषय अनुमानको नभइ कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय भएको उनको तर्क छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !