७ बैशाख २०८३, सोमबार

गृहमन्त्री गुरुङको प्रश्न : यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ?


सुधन गुरुङ

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले आफूविरुद्धका आरोपका विषयमा स्पष्टीकरण दिएका छन् । व्यवसायी दीपक भट्टसँग नाम जोडेर सेयर किनेको भन्ने समाचारका विषयमा आज सोमबार सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् ।

गृहमन्त्री गुरुङले सम्पत्ति विवरण सार्वजनिक गर्दा नै आफूसँग भएको सेयर कारोबार बताउँदै गैरकानुनी काम आफूले नगरेको दाबी गरेका हुन् । उनले आफूले बैंकबाटै पैसाको कारोबार गरेको उल्लेख गर्दै यी विषय लुकाउनै नसक्ने पनि बताएका छन् ।

उनले ऋण लिइएको रकम बैंकमार्फत नै लिएको र सोही रकम लगानीमा प्रयोग गरिएको भनेका छन् । त्यस्तै उनले पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको नभई कागज र बैंकको रेकर्डले प्रमाणित गर्ने विषय भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !