७ बैशाख २०८३, सोमबार

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर आइपुगे काठमाडौं


अमेरिकी सहायक विदेशमन्त्री

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान सवा ६ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण भएको स्रोतको भनाइ छ ।

नेपाल भ्रमणमा रहँदा कपुरले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन् । भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुन् । कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !