काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गरिएको हो ।
नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् । दोस्रोमा डा. स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।












