काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुसन्धानका लागि थप दुई दिन म्याद दिएको छ । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश गरेको हो । आदेशमा ओलीको स्वास्थ्य अवस्था जटिल रहेको भनेर म्याद थपको क्रममा श्रव्यदृश्य माध्यमबाट व्यक्त गरेको पनि उल्लेख छ। बयान सकेपछि भने उनको स्वास्थ्य उपचार समेतलाई असर नपर्ने गरी अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।













