१८ चैत्र २०८२, बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी बादललाई


रामबहादुर थापा

काठमाडौँ । नेकपा (एमाले) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिएको छ । अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेकाले थापालाई कार्यवहाकको जिम्मेवारी दिइएको हो ।

एमाले अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि बादललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका एमाले नेता ऐन महरले नेपालखबरलाई बताए । गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित बादल पार्टीमा दोस्रो बरियतामा छन्।

एमालेको आजै बसेको संसदीय दलको बैठकले बादललाई संसदीय दलको नेता पनि चयन गरेको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट एमालेका २५ सांसद निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !