१२ चैत्र २०८२, बिहिबार

शपथअघि राप्रपा सांसदहरुले गरे पशुपतिनाथको दर्शन


शपथअघि राप्रपा सांसदहरुले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले आज बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् ।

दर्शन गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए । उनले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे ।

‘दर्शन गरिसकेपछि शाहीले सामाजिक संजाल फेसबुकमा लेखेका छन् – भगवान पशुपतिनाथले हामी सबै नेपालीहरुको रक्षा गरुन् । पशुपतिनाथको प्राङ्गणबाट सबैलाई शुभकामना । राष्ट्र संस्कार संस्कृतिको रक्षा होस्। माननीय ताहिर अलि ज्यूले काश्मिरी मस्जिदबाट शपथ अगाडि अल्लाहसँग दुवा माग्नुभयो।’

राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ । सोही एजेन्डालाई अघि बढाउँदै सांसदहरू संसद प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !