भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन् । खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् ।
बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका कबीर रानाले ८ हजार ३०५ मत प्राप्त गरे ।













