१६ फाल्गुन २०८२, शनिबार

दोहास्थित नेपाली दूतावासले भन्यो- इरानमा रहेका नेपालीले अनुमतिबिना यात्रा नगर्नू


दोहास्थित नेपाली दूतावास

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले इरानमा रहेका नेपालीलाई स्थानीय प्रशासनबाट पूर्वअनुमति लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।इरानसमेत हेर्ने दोहास्थित नेपाली दूतावासले शनिबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।

इजरायल र अमेरिकाले शनिबार बिहान संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि नेपाली दूतावासले सूचना जारी गरेको हो । अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि प्रत्याक्रमण सुरु गरेको छ ।

इरानले इजरायलमा मात्र होइन साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन, कतार र कुवेतमा रहेका अमेरिकी सैन्य वेसहरूमा समेत मिसाइल आक्रमण गरेको छ । दोहास्थित नेपाली दूतावासले मध्यपूर्वमा विकसित अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।

दूतावासले इरानमा रहेका कुनै नेपालीलाई समस्या परे दूतावासको टेलिफोन नं. +९७४–६६२१४४१९ मा सम्पर्क गर्न भनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु