२३ फाल्गुन २०८२, शनिबार

एमाले अध्यक्ष मतगणना : ओलीले पाए ८४३ मत, पोखरेलको २९६ मात्र


केपी शर्मा ओली र ईश्वर पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।

केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले दिएको जानकारी अनुसार १० बजेदेखि सुरु मतगणनामा तीन घण्टा अर्थात् दिउँसो १ बजेसम्म मतपरिणाम सार्वजनिक हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !