११ चैत्र २०८२, बुधबार

अबदेखि प्रहरीले पक्राउ परेका आरोपितको तस्बिर सार्वजनिक नगर्ने


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो ।

प्रहरी प्रधान कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी युनिटहरूलाई सर्कुलर गरेको हो । प्रधान कार्यालयले पत्रकार सम्मेलन गर्दा वा सञ्चार माध्यममा सूचना पठाउँदा पक्राउ परेकाहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न भनेको हो ।

असार १९ मा महान्यायाधिवक्ताको कार्यालयले आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार प्रधान कार्यालयले सर्कुलर जारी गरेको प्रहरीले जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयमा बसेको समन्वयात्मक बैठकमा आइजिपी दीपक थापाले यस विषयमा सहमति जनाएका थिए । गत साउन ५ गते सर्कुलर जारी भएसँगै प्रहरी कार्यालयहरूले आरोपीको फोटो सार्वजनिक गर्न छाडेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !