६ बैशाख २०८३, आइतबार

कास्की प्रहरीले भन्यो– रविको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं


कास्की प्रहरी

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सुतिरहेको तस्बिर सार्वजनिक गर्ने गर्नेलाई कारबाही गर्ने बताएको छ ।

आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको हो ।

कास्की प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने छ ।’

अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी तस्बिर सार्वजनिक भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको समेत जनाएको छ । रवि हिरासतमा सुतिरहेको फोटो डा. निकोलस भुसालको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो ।

यस्तो छ हेर्नुहोस् कास्की प्रहरीले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ हेर्नुहोस् कास्की प्रहरीले निकालेको प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

रवि लामिछानेको फोटो ‘पोष्ट’ गर्ने जोकोहीलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !