१८ चैत्र २०८२, बुधबार

जिडिपीमा धानको योगदान ठूलो छ, त्यसैले यसको उत्पादन बढाउनुपर्छ : विज्ञ बस्नेत


bholaman sin basnet

१४ असार, काठमाण्डौ । धान विज्ञ भोलामान सिंह बस्नेतले एशियाली राष्ट्रहरुलाई एक ठाउँमा ल्याउनको लागि पनि धान अहिले सेतुको रुपमा रहेको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालमा धानले जिडिपीमा ठूलो योगदान पुर्याएको छ, धानको उत्पादन बढ्यो भने जिडिपी पनि बढ्छ, यदि उत्पादन नै घट्यो भने जिडिपी पनि घटेको छ, हाम्रो देशको अर्थतन्त्रमा कृषिको योगदान धेरै छ ।’

उनले चैते धानको उत्पादनलाई पनि बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले चैते धानको उत्पादन जम्मा ७ प्रतिशतमात्रै छ, यसलाई बढाउनुपर्छ, त्यस्तै सिंचित क्षेत्रपनि बढाउनुपर्छ ।’

उनले विश्वमा रहेका ७ अर्ब मानिसहरुमा आधा भन्दा बढिको मुख्य खाना नै चामल रहेको जनाए । भोलि असार १५ धान दिवस भएकोले यसको विषयमा त्यही दिनमात्रै बहस हुनु दुःखद् रहेको बताउँदै भने,‘भोलि हामी १५ औं धान दिवस मनाउँदैछौं, वर्षमा एक दिनमात्र यसको बारेमा छलफल तथा बहस हुन्छ, यसको बारेमा नियमित बहस होस्, सरकारले पनि विज्ञहरुसँग छलफल गर्नुपर्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !