१० बैशाख २०८३, बिहिबार

१३ घरमा आगलागी, करिब २६ लाख बराबरको क्षति


आगलागी

सर्लाही । सर्लाहीमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा करिब २६ लाख बराबरको क्षति भएको छ ।

प्रहरी अनुसार आगलागीमा घरभित्र राखिएको ग्यास सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको बिचल्ली भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !