२१ भदौ २०८३, आइतबार

प्रधानमन्त्री ओलीले भने, ‘भारतसँगको सम्बन्ध नयाँ ढंगले अघि बढ्छ’


kp-oli

१८ चैत, बारा । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगवाट अघि बढ्ने विश्वास बताएका छन् ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आइतबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

औराहामा निर्माण हुन लागेको उक्त प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब १० अर्ब रुपैयाँको लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !