४ आश्विन २०८३, आइतबार

काठमाडौँ उपत्यकामा ५ महिनापछि हट्यो निषेधाज्ञा


लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

काठमाडौं । काठमाडौं उपत्यकामा लगभग ५ महिनापछि निषेधाज्ञा हटाइएको छ । काठमाडौं उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको आज दिउसो बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकाको कोरोना संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरिएको हो । विद्यालय सञ्चालनको हकमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउँनेछन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा भोलि बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

काठमाडौं उपत्यकामा आज भदौ १६ गते राति १२ बजेदेखि निषेधाज्ञा सकिदैछ । उपत्यकामा निषेधाज्ञाका कारण मुख्यतः शिक्षण संस्था, फिल्महल, चिडियाखाना, स्वीमिङ पुल, दोहोरी साँझ लगायत भीडभाड हुने ठाउँहरु बन्द थिए ।

कोभिड-१९ को संक्रमण वृद्धिसँगै उपत्यकामा राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यमा पुगी सक्नुपर्ने (८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने) प्रावधान रहेको थियो ।

काठमाडौँ उपत्यकामा ५ महिनापछि हट्यो निषेधाज्ञा

यो पनि पढ्नुहोस्

भदौ १६ गतेसम्म लम्ब्याइयो काठमाडौं उपत्यकामा निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु