२३ बैशाख २०८३, बुधबार

मेकअप स्टुडियो सञ्चालनमा


मेकअप स्टुडियो jl/i7 xf:o snfsf/af6 pb3f6g sf7df8f}F !& r}t . dxfaf}4df ;~rfndf NofOPsf] 6’lnko’lg;]S; ;n’g P08 x]o/ Jo”6L d]sck :6’l8of]sf] dªunaf/ pb3f6g ub}{ jl/i7 xf:o snfsf/ dbgs[i0f >]i7 . ;fydf ;f}Gbo{sdL{ ;Ltf Gof}kfg] kf7s, uflosf b]ljsf jGbgfnufot . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ । काठमाडौँको माहाबौद्धमा टुलिपयुनिसेक्स सलोन एन्ड हेयर ब्युटी मेकअप स्टुडियो सञ्चालन गरिएको छ । उक्त स्टुडियोको वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने, गायिका देविका बन्दना र मिसेज ब्युटीक्विन नेपालका विजेताहरूले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

एक दशकदेखि विभिन्न व्यवसाय गर्दै आउनुभएका रसुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा सरोजा मानन्धरको संयुक्त लगानीमा आकार कम्प्लेक्समा सुविधा सम्पन्न सो स्टुडियो सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले महिलाहरूलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र मिहिनेतका साथै कलाक्षमता प्रदर्शनसँगै आर्थिक रूपमा राम्रो आम्दानी गर्नेतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।

वरिष्ठ सौन्दर्यकर्मी न्यौपानेले यस क्षेत्रमा स्वरोजगार बन्ने ठूलो अवसर प्राप्त भएकाले यसलाई उपलब्धि मान्न सकिन्छ भन्नुभयो । स्टुडियोमा अनुभवी ब्युटिसियनहरूद्वारा कपाल काट्ने, स्टाइलिङ गर्ने, फेसियल, मेनीकियर, पेडीकियर, मेहेन्दीलगायत विवाहका लागि महिला तथा पुरुषलाई आवश्यक पर्ने सम्पूर्ण शृङ्गारको सेवा दिइने छ । एक महिनासम्म सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !