८ बैशाख २०८३, मंगलबार

घुस लिएको अभियोगमा वाणिज्य विभागका नासु पक्राउ


वाणिज्य विभाग

काठमाडौँ, १ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दश हजार घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशङ्कर महतोलाई आज पक्राउ गरेको छ ।

फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइआएका सेवाग्राहीबाट उक्त रकम घुस लिएका अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !