१४ बैशाख २०८१, शुक्रबार

नेपाली यु–१९ क्रिकेट टोली मलेसियातर्फ


भदौ २३, काठमाडौँ । एसीसी यु–१९ क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगिता खेल्न नेपालको युवा टोली शुक्रबार मलेसिया प्रस्थान गर्दैछ । मलेसियामा शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको लागि १४ खेलाडी सम्मिलित नेपाली टोली त्यसतर्फ जान लागेको हो । यसपटक १९ वर्ष मुनिको नेपाली राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैछन् ।

उमेर समूहको यो टोलीमा सन्दिप जोरा, नन्दन यादव, सुमित महर्जन र विक्रमकुमार भूसालले पहिलो पटक स्थान बनाएका छन् । नेपाली टोलीको प्रशिक्षण बिनोद दासले सम्हालेका छन् ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, थाइल्यान्ड र भुटान छन् । समूह ’बी’मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् । फाइनलमा पुग्ने दुई टोली एसीसी यूथ नाईन्टिन एसिया कप क्रिकेटमा छनौट हुनेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !