१४ बैशाख २०८१, शुक्रबार

विश्वकै मूल्यवान ब्राण्ड बन्यो गुगल


google-picture

कार्तिक २१, काठमाडौँ | गुगल विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । ब्राण्डफाइनान्सले विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ । जसमध्ये गुगल पहिलो नम्बरमा छ । गुगल एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै यो वर्षको सर्वाधिक मूल्यवान ब्राण्ड सूचिमा सफल पर्न भएको हो ।

बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले विश्वका हजारौँ ब्राण्डहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गर्दै वर्षेनी सबैभन्दा मूल्यवान ५ सय ब्राण्डको सूचि सार्वजनिक गर्दछ । गत वर्ष एप्पलको ब्राण्ड भ्यालू १ सय ४५ अर्ब ९० करोड डलरबाट घटेर १०७ अर्ब १० करोडमा झरेपछि गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको हो । गुगलको ब्राण्ड भ्यालू १ खर्ब ९ अर्ब ४७ करोड डलर रहेको छ ।

विश्वको सर्वाधिक मूल्यवान दश ब्राण्ड र तीनको ब्राण्ड भ्यालू

गुगलः ब्राण्ड भ्यालू -१ खर्ब ९ अर्ब ४७ करोड डलर
एप्पलः ब्राण्ड भ्यालू -१ खर्ब ७ अर्ब १४ करोड डलर
अमेजनः ब्राण्ड भ्यालू -१ खर्ब ६ अर्ब ३९ करोड डलर
एटी एण्ड टी टेलिकमः माइक्रोसफ्टः ब्राण्ड भ्यालू ७६ अर्ब २६ करोड डलर
सामसुङः ब्राण्ड भ्यालू -६६ अर्ब २१ करोड डलर
भर्जन टेलिकमः ब्राण्ड भ्यालू -६५ अर्ब ८७ करोड डलर
फेसबुकः ब्राण्ड भ्यालू- ६१ अर्ब ९९ करोड डलर
चाइना मोबाइल टेलिकमः ब्राण्ड भ्यालू -४६ अर्ब ७३ करोड डलर
एनटीटी टेलिकमः ब्राण्ड भ्यालू- ४० अर्ब ५४ करोड डलर
ब्राण्ड भ्यालू -८७ अर्ब १ करोड डलर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !