१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता तोकेको मितिमा होईन, ड्याम्मै हुन्छ’


प्रचण्ड

९ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एकता नतोकेको दिन ड्याम्मै घोषणा हुने बताएका छन् ।

काठमाण्डौको राष्ट्रियसभा गृहमा दुई वटा ब्यानर राखेर सञ्चालन गरिएको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । उनले अब छिटै नयाँ केन्द्रीय कमिटी बनाउने समेत घोषणा गरेका हुन् ।

अध्यक्ष प्रचण्डले वैचारिक, राजनीतिक, सांगठनिकलगायत विषय निष्कर्षतिर पुर्‍याइसकेको भन्दै एकता प्रक्रिया नबिग्रिएको दाबी गरे । उनले सम्ममानजनक ढंगले एकता गर्नुपर्नेमा जोड दिए । प्रचण्डले अघि भने,‘ ‘कसैलाई ह्युमिलेट गर्ने ढंगले होइन कि समानता, सम्मानजनक र न्यायोचित ढंगले एकता हुनुपर्छ ।’

आफूहरु प्रतिपक्षी दल नेपाली कांग्रेससँगपनि मिलेर अघि बढ्न तयार रहेको उनको भनाई थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु