१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले भने, ‘सार्कको असमझदारी हटाउन भारत र पाकिस्तानसँग कुरा गरेको छु’


kp-oli

९ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाण्डौमा ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्भिनेस’ नामक पुस्तकको विमोचन गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन -सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताएका छन् ।

हाल सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग आग्रह गरेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानकै कारण सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले वार्तालाई जोड दिएको पनि बताए ।

राष्ट्रहरुवीचको असमझदारीका कारण दुई देशीय, क्षेत्रीय वा अन्तराष्ट्रिय संगठनको औचित्यमाथि प्रश्न उठाउन उपयुक्त नहुने तर्क पनि गरे ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी र भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग सार्क भित्रका असमझदारी हटाउन आग्रह गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !