१४ बैशाख २०८१, शुक्रबार

तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई आइतबारदेखि कारबाही : मन्त्री पण्डित


lalbabu pandit

७ चैत, विराटनगर । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले पठाएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई निजमति ऐन अनुसार कारबाही गरी वर्खास्त गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा वुधबार विहान सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पण्डितले भने ‘कर्मचारीलाई सेवा गर्नका लागि जहाँ तोकिएको छ त्यहा सेवा गर्नैपर्छ, नगर्नेहरु कारबाहीमा पर्छन् ।’ उनले कारबाहीको प्रक्रिया आगामी आइतबारदेखि सुरु गरिने पनि जानकारी दिए ।

उनले सरकारको तथ्याङ्क अनुसार अहिलेसम्म ७८ प्रतिशत कर्मचारी मात्र सरकारले तोकेको कार्य क्षेत्रमा हाजिर भएको बताए ।

नयाँ कार्यक्षेत्रमा खटाएको कर्मचारीलाई पहिला काम गरिरहेको कार्यालयमा हाजिर गराउन खोजिए कार्यालय प्रमुख पनि कारबाहीको भागीदार हुने चेतावनी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !