१४ बैशाख २०८१, शुक्रबार

विकास र समृद्धिको यात्रा प्रदेश नम्बर ७ वाट सुरु गर्ने मुख्यमन्त्री भट्टको दावी


Trilochan-bhatta

१० फागुन, डोटी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिको यात्रा थालनी गर्ने दाबी गरेका छन् ।

मुख्यमन्त्रीमा निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गृह जिल्ला डोटी पुगेका भट्टले उक्त अब विकास र समृद्धिमा लाग्ने बताएका हुन् । देशमा स्थायी सरकार बनेसँगै विकासको अभियान प्रारम्भ भएको भट्टले बताए ।

उनले भने, ‘संविधान सभावाट संविधान जारी भएर कार्यान्वयनको अवस्थामा छ, देशमा स्थानीय, प्रदेश र राष्ट्रिय गरी अब ३ तहका सरकार बनेका छन् । हामीले पनि आफ्नो प्रदेश ७ को सरकार आफै निर्माण गरेका छौँ, अब विकास प्रदेश ७ वाटै सुरु हुन्छ ।’ विकासका दृष्टिकोणले सुदूर मानिएको प्रदेश ७ वाटै अब विकासको अभियान सुरु हुने पनि भट्टले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !