१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा उम्मेदवार बन्न मुख्य तीन पार्टीका आकांक्षीहरु


goverment

१ माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्य चुनाव नजिकिँदै गर्दा यसका आकांक्षीहरु खुल्न थालेका छन् । ५६ सिटका लागि २४ माघमा हुने निर्वाचनमा उम्मेदवार बन्न आकांक्षीहरु सिंहदरबारदेखि नेताका घरघर धाउन थालेको विभिन्न पत्रपत्रिकामा उल्लेख छ ।

‘राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको समाचारमा उल्लेख छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन् ।

एमालेवाट प्रदेश १ मा अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवती भण्डारी, हरिशरण सिवाकोटी, कालुराम खम्बू, देवेन्द्र दाहाल, तिलकुमार मेयाङ्बो, गुरु बराल, ओम कोइराला, दीपक कार्की, उमेश डाँगी, लक्ष्मीनारायण चौधरी, मणिराज राई, कर्ण घले, अगम बान्तवा, विशेश्वरा दाहाल, टुन्जा बराइली, रामलाल शाह, गंगा डाँगी र गोपाल गुरागाईं आकांक्षी छन् ।

त्यसतै माओवादीवाट प्रदेश १ः हेमराज भण्डारी, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र टंक राई
प्रदेश ३ः रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदी
प्रदेश ४ः दीनानाथ शर्मा, रामराज रेग्मी, कोमल बराल, बलावती शर्मा
प्रदेश ५ स् कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा आकांक्षी छन्

कांग्रेस वाट प्रदेश १ः केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत
प्रदेश २ः कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव
प्रदेश ३ः मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा
प्रदेश ४ः तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी
प्रदेश ५ः बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला
प्रदेश ६ः गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ
प्रदेश ७ः बद्री पाण्डे, प्यारेलाल राना, शिवराज भट्ट आकांक्षी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !