१४ बैशाख २०८१, शुक्रबार

वाम गठबन्धनले पनि जोगाउन नसकेका २२ एमाले उम्मेदवार


वाम गठबन्धन

२९ मंसिर, २०७४ । माओवादीसित तालमेल गरी वाम गठबन्धन बनाउने क्रममा एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत सिट बाँडफाँट गरी उम्मेदवारी दिएको थियो । तर देशभर वाम गठबन्धनको लहर चल्दा पनि २२ उम्मेदवार पराजित भए । पराजित भएका उम्मेदवारहरुमध्ये १५ जना दोस्रो स्थानमा छन् भने बाँकी ७ जना तेस्रो स्थानमा छन् । तेस्रो स्थानमा एमाले उम्मेदवार परेका पाँच जना प्रदेश नम्बर २ का हुन् । बाँकी दुई वटा क्षेत्र प्रदेश नम्बर ५ मा छन् ।

यी हुन् दोस्रो स्थानमा रहेर पराजित उम्मेदवार

बर्दिया १ वामदेव गौतम (पूर्व उपप्रधान तथा गृहमन्त्री)
काठमाडौं ४ डा. राजन भट्टराई (केन्द्रीय सदस्य)
रौतहट ४ डा बंशीधर मिश्र (एमाले पोलिटब्युरो सदस्य, तीन पटक सांसद भइसकेका)
मोरङ्ग २ ऋषिकेश पोखरेल (मोरङ जिल्ला सचिव, अघिल्लो निर्वाचनमा मोरङ १ बाट विजयी)
सुनसरी ४ रमेश श्रेष्ठ (भर्खरै राप्रपा छाडेर एमाले प्रवेश गरेका, एमाले सुनसरीका सल्लाहकार)
उदयपुर १ मन्जुकुमारी चौधरी (पछिल्लो चुनावमा उदयपुरको क्षेत्र नं २ बाट २२ मतअन्तरले निर्वाचित)
सिरहा १ गंगाप्रसाद यादव (केन्द्रीय सदस्य, २०६४ मा यही क्षेत्रबाट पराजित)
महोत्तरी ३ विजयकुमार चौधरी (महोत्तरीको जिल्ला कमिटी सदस्य)
सर्लाही १ ध्रुवप्रसाद गौतम (पूर्व जिल्ला उपाध्यक्ष, पहिलो पटक टिकट पाएका)
रसुवा १ जर्नादन ढकाल (पूर्व सांसद, जिल्ला सचिवालय सदस्य)
बारा १ अच्युतप्रसाद मैनाली (केन्द्रीय सल्लाहकार परिषद् सदस्य)
बारा ३ अदयानन्द पाण्डेय (एमाले बाराका सल्लाहकार)
बारा ४ देवनारायण थारु (एमाले बारा उपाध्यक्ष)
बाँके २ पशुपतिदयाल मिश्रा (राजपा छाडेर सूर्य चिह्नबाट लडेका)
कैलाली १ मदनकुमारी शाह (एमाले केन्द्रीय सदस्य)

तेस्रो स्थानमा रहेर पराजित हुने उम्मेदवार

सप्तरी ३ ताराकान्त चौधरी (एमाले सप्तरीको क्षेत्रीय अध्यक्ष, पछिल्लो चुनावमा सप्तरी ४ बाट विजयी)
सप्तरी ४ मो. इस्लाम (केन्द्रीय सदस्य, स्थानीय तहको चुनावमा मेयरमा पनि पराजित)
रौतहट २ मो. मुस्ताक आलम (पूर्व स्वास्थ्य मन्त्री)
पर्सा १ विचारी प्रसाद यादव (जिल्ला सदस्य, २०७० मा पर्साबाट निर्वाचित)
पर्सा ३ राजकुमार गुप्ता (पर्सा कमिटी सदस्य, २०७० मा निर्वाचित)
रुपन्देही ४ ओमप्रकाश यादव (२०६४ मा रुपन्देही क्षेत्र नम्बर २ बाट विजयी)
कपिलवस्तु ३ ईश्वरदयाल मिश्र (२०६४ मा तमलोपाबाट विजयी, बीचमा राजपा, अहिले सूर्य चिह्न लिएर चुनावमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु