१४ बैशाख २०८१, शुक्रबार

देउवाले आफुखुशी निर्णय गरे, पछि बन्ने आफ्नो सरकारले एकमुष्ट बदर गर्ने ओलीको चेतावनी


oli-and-prachanda

काठमाडौँ, २९ कात्तिक (रासस): एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले आफुखुशी निर्णय गरेमा पछि बन्ने सरकारले एकमुष्ट बदर गराउने चेतावनी दिनुभयो । उहाँले वर्तमान सरकार चुनावी र कामचलाउ भएकाले बूढीगण्डकी जलविद्युत् आयोजना जस्ता दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नराख्ने दाबी गर्नुभयो ।

ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सार्ने मनसायले यस्ता गतिविधि भएको उल्लेख गर्दै आफूहरुको तालमेल र एकता कुनै पक्षको विरोधमा नभई मुलुकको समग्र आर्थिक सामाजिक रुपान्तरणका लागि हो भन्नुभयो ।

वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा उम्मेदवारमाथिका आक्रमणका घटना नियन्त्रण गर्न ओली र दाहालको आग्रह, उहाँहरुले यस्ता घटना तत्काल रोक्न र कानुन हातमा लिन खोज्नेलाई कारबाही गर्न माग गर्नुभयो । उहाँहरुले निर्वाचनबाट आफूहरुको विजयपछि पार्टी एकतासमेत गर्दै मुलुकलाई सुशासित र लोकतान्त्रिक प्रणालीमा रुपान्तरित गर्ने धारणा व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनबाट अत्तालिएर काँग्रेसका नेता एवं सरकारका मन्त्रीहरु नै आधारहीन तथा कपोलकल्पित भ्रम फैलाउन र निर्वाचन आचारसंहिता विपरीतका काममा उद्धत रहेको आरोप लगाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !