२६ बैशाख २०८१, बुधबार

डा. उपेन्द्र देवकोटाको निधन


Dr. Upendra Devkota Death डा. उपेन्द्र देवकोटाको निधन

असार ४, काठमाडौं । एसियाकै चर्चित वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार अपरान्ह ६५ वर्षको उमेरमा निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

लामो समय बेलायतमा उपचार गराएका डा‍. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा लगिएको थियो ।

नेपालमै रहँदा जन्डिसको लक्षण देखिएपछि उनले यहीँ स्वास्थ्य परीक्षण गरेका थिए। नेपालको परीक्षणमा क्यान्सर पाइएपछि उनी श्रीमती डा. मधु दीक्षित देवकोटासहित लन्डन गएका थिए ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

हेर्नुस् यस्तो छ अस्पतालको प्रेस विज्ञप्ति

Dr. Upendra Devkota Death Press Realese

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !