१४ बैशाख २०८१, शुक्रबार

हाफ म्याराथनको उपाधि रिमाल र कोजुलाई


Rimal and Koju

६ जेठ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका हरि रिमाल र नेपाल ए पी एफ क्लबकी कान्छिमाया कोजुले कान्तिपुर रनर हाफ म्याराथनको उपाधि हात पारेका छन् ।

काठमाडौँमा शनिबार सम्पन्न दौडको निर्धारित २१ किलोमिटर दुरी हरिले १ घण्टा ९ मिनेट दुई सेकेन्डस्मा पुरा गरे ।

यसैगरी, कान्छीमायाले १ घण्टा २१ मिनेट २८ सेकेन्ड्समा पुरा गरेकी थिईन् ।

दुवै प्रथम धावक धाविकाले एउटा स्कुटी र ५० हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

गत वर्ष पनि हरि र कान्छीमायले नै यो उपाधि हात पारेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !