१४ बैशाख २०८१, शुक्रबार

संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा


Goldcup

९ वैशाख, इलाम । सिक्किम युनाइटेड क्लब इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार इलामको टुँडिखेल खेलमैदानमा भएको खेलमा संकटा क्लब काठमाडौंलाई १–० को कठिन जित निकाल्दै पाहुना टिम सिक्किमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा २२ औं मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीले गोल गरी अग्रता दिलाएका थिए । पहिलो हाफमा विपक्षीलाई दबाबमा राख्न सफल सिक्किमको उत्कृष्ट प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाऊ गरेका थिए ।

दोश्रो हाफमा संकटा विपक्षीलाई दबाबमा राख्न सफल भयो । संकटाले दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिन बाध्य बन्यो ।

खेलमा सिक्किमका गोलरक्षक उर्गेन पिनेसो शेर्पा म्यान अफ् द म्याच घोषित भएका छन् । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गर्न सफल भए ।
सिक्किमले अब वैशाख १२ मा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ ।

प्रतियोगिता अन्तरगत आइतबार दुर्गापुर स्टिल टीएसवाई क्लब भारत र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

वैशाख १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टोलीको सहभागिता रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !