१४ बैशाख २०८१, शुक्रबार

उपेन्द्रलाई सरकारमा आउन ओलीको आग्रह


upendra

८ फागुन, काठमाण्डौ । एमाले र माओवादीवीच पार्टी एकताका लागि निणर्ायक वार्ता भइरहेका बेला सोमबार साँझ एकाएक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगे तर, यादव वाम नेताहरुसँग भेटघाट नगरी एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सुटुक्कै बाहिरिए ।

एमाले नेता अग्नि खरेलले प्रधानमन्त्री ओली र यादववीच भेट भएको स्वीकार गरे । खरेलले भने, ‘वाम गठबन्धनको सरकारमा सहभागी हुनुस् भन्ने प्रधानमन्त्रीको आग्रह हो । राम्रो सन्देश पनि दिउँ र बलियो सरकार बनाऔं भन्ने उहाँको जोड छ ।’

प्रधानमन्त्री ओली अब हुने मन्त्रिपरिषद् विस्तारमा नै फोरमलाई पनि समावेश गर्ने सोचमा छन् । जवाफमा यादवले आफूहरु सकारात्मक रहेको तर, केही मुद्दा सम्बोधन हुनुपर्ने प्रधानमन्त्री ओलीलाई बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !