१४ बैशाख २०८१, शुक्रबार

सर्वेक्षण : बहुमत चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउँछन्


Nepalpatra

७ जेठ, चीन । बहुमत आधाभन्दा बढी चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउने गरेको पछिल्लो चिनियाँ एक सर्वेक्षणले देखाएको छ ।

सोसल साइन्सेस एकेडेमिक प्रेसले चिनियाँ शहरी तथा ग्रामिण दुवै क्षेत्रमा वसोवास गर्ने वृद्धवृद्धाबीच सन् २०१५ मा गरेको सर्वेक्षणमा ५६.४ प्रतिशत वृद्धवृद्धाले बुढ््यौलीमा आफ्नै सन्तानको रेखदेख रहोस भन्ने चाहने गरेको बताएका थिए भने २५ प्रतिशतले भने अन्य विचार दिएका थिए ।

त्यसैगरी चीनको शहरी ईलाकामा वसोवास गर्ने वृद्धवृद्धाको तुलनामा ग्रामिण क्षेत्रमा बस्ने पाका उमेरका नागरिकले सन्तानले बुढ््यौलीमा हेरचाह गर्नुपर्ने बताएका छन् । शहरमा वसोवास गर्ने वृद्धवृद्धाको तुलनामा गाउँमा ४.१ प्रतिशत बढी पाका उमेरका नागरिकको रूची आफ्ना सन्तानप्रति बढी देखिएको सर्वेक्षण प्रतिवेदनमा छ ।

सर्वेक्षणमा पुरुषको तुलनामा महिलाहरू आफ्नो जीवनको उत्तराद्र्धतिर सन्तानको मायाको बढी अपेक्षा गर्ने गरेको पाइएको छ ।

चीनमा वृद्धवृद्धाले आफ्ना सन्तानसँग बस्ने र सन्तानले आफ्ना वृद्ध बाबुआमालाई हेर्ने अभ्यासलाई परम्परागत जिम्मेवारीका रूपमा लिने गरिन्छ ।

सर्वेक्षणमा ८१.४ प्रतिशत चिनियाँ जेष्ठ नागरिकले सन्तानद्वारा अभिभावकप्रति देखाउने दया र मायाप्रति सन्तुष्टि व्यक्त गरेका निष्कर्ष निकालिएको छ । यस सन्दर्भमा असी वर्षमाथिका १४.८ प्रतिशत जेष्ठ नागरिकले भने नकारात्मक धारणा राखेका थिए ।

सन् २००० पछि हरेक पाँचपाँच वर्षमा गरिने सर्वेक्षणमा ६० र ६० वर्षमाथिका दुई लाख २२ हजार ७०० चिनियाँ नागरिकलाई सहभागी गराइएको थियो ।  (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !