२६ बैशाख २०८१, बुधबार

उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक : किम जोन


kim jong

१४ मंसिर, उ कोरिया  । उत्तर कोरियाली नेता किम जोनले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको दाबी गरेका छन्। उत्तर कोरियाले बुधबार गरेको अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलले अमेरिकालाई पूर्ण रुपमा नष्ट गर्न सक्ने भएकाले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको उनको दाबी छ।

बुधबार उत्तर कोरियाले अहिले सम्मकै शक्तिशाली अन्तर महादेशीय ब्यालेस्टिक मिसाईल जापान माथि प्रहार गरेको थियो । संयुक्त राष्ट्रसंघ , अमेरिका तथा विश्व समुदायकै आलोचनाका बावजूद पनि उत्तर कोरियाले बुधबार जापानमाथि सफल रुपमा मिसाईल प्रहार गरेको थियो।अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलको सफल परीक्षण पश्चात् आणविक हतियार सम्पन्न मुलुकको पहिलो सूचीमा उत्तर कोरिया परेको उनको दाबी थियो।

उक्त मिसाइलको तुलनामा अमेरिकाको जुनसुकै मिसाइल पनि कम शक्तिशाली भएको दाबी किमले गरेका छन् ।
उत्तर कोरियाले गरेको मिसाइल परीक्षणलाई संयुक्त राष्ट्रसंघले कडा शब्दमा आलोचना गरेको छ । उत्तर कोरियाको मिसाइल परीक्षणले विश्व शान्तिको पूर्णरुपमा अपमान गरेको संयुक्त राष्ट्रसंघले जारी गरेको एक विज्ञप्तीमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !