१४ बैशाख २०८१, शुक्रबार

बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या १ सय २७ पुग्यो


baitadi-health

कात्तिक २३, बैतडी । बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या १ सय २७ पुगेको छ । स्वास्थ्य सूचकांकमा नेपालको छैठौं स्थानमा रहेको बैतडीलाई एक नम्बरमा पुर्याथउने उद्देश्यअनुसार यहाँका स्वास्थ्यकर्मी तथा सरोकारवालाको पहलमा दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा थप एक सुरक्षित प्रसुती सेवा केन्द्र स्थापना गरिएको छ ।

बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए । ६ वर्षअघिसम्म स्वास्थ्य सूचकांकको ६८ औं नम्बरमा रहेको बैतडी पछिल्लो ५ वर्ष यता लगातार उत्कृष्ठ १० मा पर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !