स्वास्थ्य

  • अहिले १९९ जनामा औलोको जीवाणु फेला

    असोज ३, धनगढी । औलो रोग रोकथामका लागि विभिन्न प्रयास भइरहे पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन । औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको छ । शंकास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय […]

  • सावधान यी १० लक्षण देखिए भने ग्यारेण्टी हो की तपाईलाई क्यान्सर लाग्दै छ !

    असोज २, काठमाडौँ | क्यान्सरले ज्यान लिन्छ । चाहे तपाइँ धनी हुनुहोस् या गरिव । हुने खाने होस वा हुँदा खाने क्यान्सरले छोड्दैन । तर क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउँन सकिन्छ । तर सामान्यतः अधिकाँश मानिसले यस्ता शुरुवाती लक्षणलाई वेवास्ता गर्ने गर्छन् । विज्ञहरुका अनुसार क्यान्सरको शुरुवातीकालमा निम्न लक्षण देखिन्छन् । १) […]

  • कपिलवस्तुमा खुल्दै छन् एचआइभी संक्रमित

    असोज १, कपिलवस्तु । कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको देखिएको छ । एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि उनीहरुको संख्या बढेको देखिएको हो । आर्थिक वर्ष २०७२/७४ मा १०३ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन् । आव ०७२/७३ मा जम्मा ५१ जना एचआइभी संक्रमित […]

  • औषधिको गुणस्तरबारे जनतालाई सचेत बनाऔँ : स्वास्थ्यमन्त्री पोख्रेल

    भाद्र ३१, काठमाडौँ | स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले उपभोक्तालाई औसधीको गुणस्तर र सुरक्षाका दृष्टिबाट सचेत बनाउनुपर्ने बताउनुभएको छ । औषधि व्यवस्था विभागको समीक्षा गोष्ठीमा शुक्रबार स्वास्थ्यमन्त्री पोखरेलले औषधि मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले गुणस्तरमा सचेत बनाउनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा अझै पनि अधिकांश उपभोक्ताले औषधिको म्यादसमेत हेर्न नजान्दा जोखिममा पर्ने गरेका छन्, त्यसतर्फ […]

  • प्रसूति गराउने क्रममा महिलाको मृत्यु

    भाद्र २६, काठमाडौँ | उदयपुरको जिल्ला अस्पतालमा आज बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३० की रामकुमारी दनुवारको मृत्यु भएको हो । आइतबार बेलुकी दनुवारलाई अस्पतालमा भर्ना गरिएको र आज बिहान ८।३० मा सामान्यरूपले बच्चा जन्माउने क्रममा बिरामीले […]

  • आफु कति स्वस्थ्य हुनुहुन्छ, आफ्नै आँखाबाट थाहा पाउनुहोस् 

    भाद्र २४ काठमाडौँ | एजेन्सी : आँखा शरीरको दर्पण हो । यो कोरा तर्क होइन । तपाईको सिंगो शरीरकोे स्वास्थ्य अवस्थाबारे तपाईको आँखाले संकेत दिइरहेको हुन्छ । त्यसलाई हामीले कति बुझेका हुन्छौ हुँदैनौ त्यो मात्र महत्वपूर्ण हो । त्यसैले यहाँ आँखाको रंगले स्वास्थ्यका बारेमा के संकेत गर्दछ। आँखाको तल्लो भागको कालोपन :आँखाको तल्लो कालोपना तपाई हामी […]

  • स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

    भाद्र २३ काठमाडौँ । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै बैतडीको ग्रामीण भेगका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । विगत ३ बर्षको तथ्याङ्कलाई हेर्दा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने […]

  • ‘१० सेकेन्डमै क्यान्सरका कोषहरु पत्ता लगाउन सकिने’

    भदौ २२, काठमाडौँ । वैज्ञानिकहरुले १० सेकेन्डभित्रै क्यान्सर रोगको कोषहरु पत्ता लगाउन सक्ने सानो ‘पेन’ आकारको यन्त्रको निर्माण गर्न सफल भएको बताएका छन् । टेक्सास् विश्वबिद्यालयका वैज्ञानिकहरुले बनाएको उक्त ‘पेन’ आकारको सानो यन्त्रले १० सेकेन्डभित्र मानिसको शरीरमा रहेको क्यान्सरका कोषहरु पत्ता लगाएर उपचारमा थप प्रभावकारिता अपनाउन सकिने बताएका छन् । वैज्ञानिकहरुले बनाएको उक्त यन्त्रको परिक्षण […]

  • नुवाकोटमा निःशुल्क पाइने अत्यावश्यक औषधिको अभाव

    भदौ २२, नुवाकोट । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बिरामीका लागि अति आवश्यक औषधि नुुवाकोटको स्वास्थ्य संस्थामा अभाव भएको छ । स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट गएको वर्ष मागअनुसारको बजेट र औषधि नपठाएको र यस वर्ष पनि ढिलाइ गरेपछि बिरामीलाई निःशुल्क उपलब्ध गराइने औषधि विभिन्न स्वास्थ्य चौकीमा अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख […]

  • पानी पिउने वैज्ञानिक नियम

    भाद्र २१, काठमाडौँ | बिहान उठ्नेबित्तिकै दुईदेखि तीन गिलास पानी पिउनु शरीरका लागि आवश्यक कुरा हो । यसलाई उषापान पनि भन्ने गरिन्छ । उषापान मुख कुल्ला नगरी मुखको र्याललाई समेत पानीसँगै निल्ने गरी गर्न सके त्यो स्वास्थ्यका लागि अत्यन्तै लाभकारी हुन्छ । उषापानमा प्रयोग गरिने पानी खाली पेटको पेय हुने हुनाले मनतातो बनाएर खाएको खण्डमा […]

  • स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु

    भाद्र २० , काठमाडौँ | नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ जनाको मृत्यु भएको हो । एक हजार १४६ जनामा ती रोगको सङ्क्रमण भेटिएका छन् । […]

  • nuts

    जान्नुहोस नट्सबाट हुने फाइदा

    जान्नुहोस नट्सबाट हुने फाइदा ! नेपालीहरुको भान्सामा प्राय दाल भात तरकारी र अचार तयार हुनेगर्दछ। बिहानको ब्रेक फास्ट लिनेहरुने चिया, दुध, पाउरोटी, अण्डा फलफुल आदि लिने गर्दछन र दिउसोको खाजामा चिया, मम: चाउमिन , तरकारी, रोटि आदि लिने गर्दछन। तर हामि मध्ये धेरैले हाम्रो शरीरलाई निरोगी र दिर्घायु बनाउने चिज नट्स( बदाम , काजु , […]

  • examination

    परीक्षाको समयमा विद्यार्थीहरुको लागी उपयोगी खाना

    परीक्षाको समयमा विद्यार्थीहरुको लागो उपयोगी खाना! दैनिक जीवनमा हामीले खाने गरेको खानाको हामीलाई प्रत्यक्ष असर पर्दछ। हामीले खाने विविन्न प्रकारका खानामा भिन्दा भिन्दै प्रकारका रसायनहरु हुन्छन र ति  रसायनहरुको असर पनि भिन्दा भिन्दै हुन्छन। विद्यार्थीहरुले परीक्षाको समयमा राम्रोसंग मिहनेत गर्न सक्ने हुन र पढेको कुरा सजिलै संग सम्झन सक्ने  हुनको लागि खानपानमा विशेस ध्यान दिनु पर्दाछ। […]

  • Acupressure-Points-On-The-Body-1

    जान्नुहोस शरीरका १० भाग जहाँ दबाउंदा दुखाई कम हुन्छ

    एक्युप्रेसर एउटा यस्तो पुरानो बिधि हो जसलाई अपनाइ शरीरको केहि बिन्दुमा हल्का दवाव दिंदा दुखाई कम हुने हुन्छ। यो विधि अपनाउदा कुनै औषधि प्रयोग गरिरहनु पर्दैन र औषधिको साइड इफेक्टको झमेला पनि रहदैन। एक्युप्रेसर सम्बन्धि अनुसन्धान गरेका विभिन्न बिद्वानहरुको भनाइ अनुसार हाम्रो शरीरमाका विभिन्न भागमा दबाउँदा धेरै प्रकारका दुखाईवाट राहत मिल्दछ। आउनुहोस जानौं त्यस्ता १० […]

  • smoke

    चुरोट र सूर्तीको हानी कम गर्न यि खानेकुराहरु खानुहोस

    निकोटिनले स्वास्थ्यमा धेरै हानी गर्छ । निकोटिनको प्रमुख श्रोत धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन हो । धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण मानिन्छ । सूर्तीमा पाइने निकोटिन मुख्य साइकोएक्टिभ तत्व हो । निकोटिन पिउनेको कलेजो र रक्तनलीमा पुगी शरिरका सम्पूर्ण भागमा सो विष पुग्छ । केही खानेकुराले शारिरिक प्रणालीलाई स्वास्थ्य बनाउन मद्धत गर्छ […]