१४ बैशाख २०८१, शुक्रबार

पोखरालाई खेलकुद हवको रुपमा विकास गर्ने मन्त्रालयको योजना – सचिव दाहाल


भाद्र ३०, पोखरा | युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले पोखरालाई खेलकुदको हव को रुपमा विकास गराउन मन्त्रालयले गृहकार्य सुरु गरेको बताएका छन । पोखरामा रहेको सहारा क्लबको १९ औं बार्षिकोत्सव तथा १० औं अधिवेसनको सुक्रबार पोखरामा उद्घाटन गर्दै उनले पोखराको हावापानी र यहाँको वातावरणको दृष्टिले गर्दा धेरै सम्भावना भएकोले गर्दा मन्त्रालयले पोखरालाई खेलकुदको हव बनाउने गरी गृहकार्य सुरु गरेको बताउका हुन ।

उनले भने “ आगामी ३-४ महिना भित्र पोखरालाई खेलकुद नगरिको रुपमा कसरी विकास गराउन सकिन्छ, यस बिषयमा हामीले छलफल सुरु गरेका छौैं, यसमा हामी मन्त्रालयले मात्र केहि गर्न सक्दैन, यसमा स्थानियहरुको तथा निजी क्षेत्रको ठुलो साथ र सहयोग आवश्यक पर्छ ।” पोखरालाई साउथ एसियाकै उत्कृष्ट केलकुदको हव समेत बनाउन सकिने सम्भावना हरेको उनले दाबी गरे । सन २०१९ मा पोखरामा सागका केहि खेलहरु पोखरामा हुने भए पछि यहाँ केहि खेलकुदको भौतिक संरचना निमार्णमा मन्त्रालयले लगानी गरेको बताउदै पोखरामा अन्तराष्ट्रिय स्तरको फुटवल खेल मैदान सहितको प्यराफिट निमार्ण हुने उनले बताए । सरकारले खेलकुद क्षेत्रमा गरेको लगानी कम भएकोले त्यसलाई बढाउन आफुहरुले पटक पटक आग्रह गर्दै आएको सचिव दाहालले गुनासो गरे ।

उद्योगपति तथा हिम श्रीफुड्स प्रालिका अध्यक्ष सुर्य बहादुर केसीले राज्यले गर्नु पर्ने काम सहारा क्लवले गर्दै आएकोले गर्दा क्लवका राम्रो काममा आफुहरुको साथ र सहयोग हुने बताए । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा स्पोटर्स एकेडेमी आवश्यक भएको बताए । पोखरा लेखनाथ उपत्यका महानगरपालिकाका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले पोखरामा बस पार्क निमार्ण गर्न पोखरेली र राजनीतिक दलहरुको चासोको बिषय भएमा निमार्ण सम्भव हुने दाबी गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले खेलकुदमा राजनीतिक हावी हुदा नेपाली खेलकुदले गति लिन नसकेको दाबी गरे । आफ्नै कार्यालयमा समेत खेलकुदको राम्रो कामको लागि आएको पत्रहरु समेत हराउने गरेको उनले गुनासो गरे । पृथ्बी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसीले समितिले सहारा एकेडेमीलाई दिगो रुपमा सहयोग गर्ने बताए ।

क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष केशव बहादुर थापा, महासचिव केशवराज बराल लगायतले वोलेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !